Law कानुन भनेको
Ø कानुन भनेको समाजमा मानिसहरूको व्यवहार तथा क्रियाकलापलाई नियमन गर्न, देशको विकास गर्न, समाजमा शान्ति–सुरक्षा कायम राख्न र न्यायपूर्ण समाजको स्थापना गर्न राज्यको सार्वभौम सत्ताद्वारा निर्माण गरी बाध्यात्मक रूपमा लागू गरिएका नीति–नियमहरूको समुह नै कानून हो। यी नियमहरू सबै नागरिकले पालना गर्नुपर्छ, नियमहरू उल्लङ्घन गरेमा दण्ड वा सजाय हुन सक्छ।
कानुनका प्रकारहरू Types of Law
- देवानी कानुन र फौजदारी कानुन Civil law and Criminal Law
- राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय कानुन National Law and International Law
- सार्वजनिक कानुन र वैयक्तिक कानुन Public law and private law
- सारवान, मौलिक कानुन र कार्यविधि सम्बन्धी कानुन Substantive law and Procedural law
Ø देवानी कानुन:- देवानी कानुन भनेको व्यक्ति–व्यक्तिबीच वा संस्था बीचको अधिकार, कर्तव्य, पद प्रतिष्ठा र सम्पत्ति सम्बन्धी विवादका विषयसँग सम्बन्धित कानुनलाई देवानी कानुन भनिन्छ। यस प्रकारको कानुनमा सामान्यतया क्षतिपूर्ति, हक–अधिकार वा सम्पत्ति सम्बन्धी विषयहरू पर्दछन्।
Ø फौजदारी कानुन:- फौजदारी कानुन भनेको समाज वा राज्य विरुद्ध गरिने अपराधहरूको परिभाषा गर्ने, त्यस्ता अपराधलाई नियन्त्रण गर्ने र अपराधीलाई सजाय दिने कानुनी व्यवस्थालाई फौजदारी कानुन भनिन्छ। नेपालमा फौजदारी कानुनका रूपमा मुलुकी अपराध संहिता, २०७४ रहेको छ।
Ø
राष्ट्रिय कानुन:- राज्यको सार्वभौम सत्ताद्वारा निर्माण गरी कुनै देशको सिमाभित्र मात्र लागू
हुने कानुनलाई राष्ट्रिय कानुन भनिन्छ। यसले देशभित्रका नागरिक, संस्था तथा सरकारबीचका
सम्बन्धलाई नियमन गर्दछ।
Ø
अन्तर्राष्ट्रिय कानुन:- विभिन्न सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरूकाबीच
पारस्परिक सम्बन्ध, अधिकार र कर्तव्यलाई नियमन गर्ने नियमहरूको समूहलाई अन्तर्राष्ट्रिय
कानुन भनिन्छ। यसले सन्धि–सम्झौता, कूटनीति, युद्धका नियम, मानवअधिकार, समुद्री
कानुन तथा वातावरण संरक्षण जस्ता विषयहरूलाई समेट्छ।
Øसार्वजनिक कानुन:- सार्वजनिक कानुन भनेको राज्य र नागरिकबीचको सम्बन्धलाई नियमन गर्ने कानुन हो। यसले राज्यको शक्ति प्रयोग, सरकारी निकायको काम तथा नागरिकका अधिकार र कर्तव्यलाई निर्धारण गर्दछ।
Ø वैयक्तिक कानुन:- वैयक्तिक कानुन भनेको व्यक्ति–व्यक्ति वा निजी संस्था–संस्थाबीचको सम्बन्ध र विवादलाई नियमन गर्ने कानुन हो। यसले करार, सम्पत्ति, परिवार तथा व्यापार सम्बन्धी विषयहरू समेट्छ।
Ø
सारवान
/ मौलिक कानुन:- मौलिक
कानुन भनेको व्यक्ति वा संस्थाको सबै किसिका हक अधिकार, कर्तव्य र दायित्व निर्धारण
गर्ने कानुन नै मौलिक, वा सारवान हो। यसले
कुन कार्य कानुनी हो वा गैरकानुनी हो भन्ने कुरा स्पष्ट गर्छ।
Øकार्यविधि सम्बन्धी कानुन:- कार्यविधि सम्बन्धी कानुन भनेको अदालतमा मुद्दा कसरी दर्ता गर्ने, अनुसन्धान कसरी गर्ने र न्याय कसरी दिने भन्ने प्रक्रिया निर्धारण गर्ने कानुन हो। यसले न्यायिक प्रक्रिया व्यवस्थित बनाउँछ।
BBS 3rd Year Law Full Courese PDF Note Nepali Medium https://meroonlinetuition.com/course-details/BBS/business-law