Inner engendering इनर इन्जिनियरिङ

इनर इन्जिनियरिङू एक यस्तो आत्मिक कला हो, जसले मानिसको मन, शरीर, भावना, र ऊर्जालाई सन्तुलनमा ल्याएर, बाह्य कुनै कारण वा प्रेरणा बिना नै आत्माभित्रबाट शान्ति, प्रेम, करुणा, र ज्ञानजस्ता सकारात्मक गुणहरूको उत्पत्ति र विकास गर्ने आत्मिक कला हो । 


इनर इन्जिनियरिङ भनेको आत्माभित्र लुकेका सकारात्मक गुणहरू जस्तो  शान्ति, प्रेम, करुणा, र ज्ञानको स्वाभाविक रूपले विकास गराउने एक आध्यात्मिक कला हो, जसले मानिसको मन, शरीर, भावना, र ऊर्जालाई सन्तुलनमा ल्याउँछ।


Inner Engendering को अभ्यास कसरी गर्ने ?

  • मौनमा बस्ने Silence & Stillness
  • आत्मनिरीक्षण Self-Inquiry
  • कल्पनाशक्ति प्रयोग गर्ने Visualization 
  • भावनात्मक जागरण Emotional Cultivation
  • आत्ममिलनको अनुभूति Union with Inner Self

मौनमा बस्ने Silence & Stillness

  • दिनमा १०–३० मिनेट मौन र एकान्तमा बस्ने
  • मोबाइल, इन्टरनेट, वा अन्य व्याकुलता हटाउने
  • आँखा बन्द गरेर केही बेर निस्क्रिय बस्ने
  • सासप्रश्वासमा ध्यान दिने

आफूभित्रको हलचल चुप पार्ने

आत्ममिलनको अनुभूति

  • मेरो शान्ति बाहिर होइन, म भित्रै छ भनेर आफुले आफैलाई विश्वस गराउने ।
  • आफ्नो विचार, भावना, र अनुभवहरूलाई तटस्थ रूपमा अवलोकन गर्ने साक्षी बनाउने अभ्यास गर्न।

कल्पनाशक्ति प्रयोग गर्ने Visualization 

  • शान्तिको स्रोत
  • प्रेमको देवता
  • म प्रेमको स्रोत
  • म करुणको स्रोत
  • म शुद्ध चेतनाको स्रोत
  • म शान्तिको स्रोत

याता भावना बोकेर आँखा बन्द गर्नेर आफूलाई  हेर्रने 

भावनात्मक जागरण Emotional Cultivation

  • म प्रेम हुँ
  • म करुण हुँ
  • म शुद्ध चेतना हुँ
  • म शान्ति हुँ 
  • यस्तो भावना बोकेर ध्यान बस्ने

यसो गर्नाले मनलाई सकारात्मक, दिशातिर लैजान मदत मिल्छ 

आत्मनिरीक्षण Self-Inquiry

  • म को हुँ ?
  • म यहाँ किन छु ?
  • मेरो जीवनको गहिरो उद्देश्य के हो ?
  • मलाई कुन कुराले साँच्चै जीवन्त र अर्थपूर्ण बनाउँछ ?
  • म मेरो जीवनमार्फत संसारमा कस्तो प्रभाव छोड्न चाहन्छु ?
  • मेरो भित्री शान्तिको स्रोत के हो ?
  • म कति हदसम्म मेरो विचार र भावनाहरूबाट अलग भएर साक्षी बन्न सक्छु ?
  • मेरो मन कस्ता कुराहरूमा बारम्बार अल्झिन्छ, र त्यसको कारण के हो ?
  • म कहिले सबैभन्दा धेरै आफूसँग जोडिएको अनुभव गर्छु ?
  • मेरो आत्मा वा चेतनाको गहिरो स्वरूप के हो ?
  • म कसरी मेरो भित्री सत्य वा ईश्वरीय चेतनासँग जोडिन सक्छु ?
  • मलाई कुन कुराले जीवनको रहस्यहरूबारे गहिरो सोच्न प्रेरित गर्छ ?
  • म कसरी मेरो जीवनलाई आत्ममिलनको यात्राको रूपमा हेर्न सक्छु?

आफ्ना विचार, भावना, र शरीरलाई स्वयं भन्दा फरक देख्न थाल्ने