वैदेशिक रोजगारी अवसर र चुनौती
वैदेशिक रोजगारीको कारणहरू
- बेरोजगारी समस्या: नेपालमा जनसंख्या वृद्धि, औद्योगीकरणको अभाव, कृषिमा कम आम्दानी, निजी क्षेत्रमा रोजगारीको कम अवसरले बेरोजगारी बढाएको छ।
- ग्रामीण क्षेत्रबाट पलायन: ग्रामीण क्षेत्रमा रोजगारीको अभाव र सहरी क्षेत्रमा उचित पारिश्रमिक नपाउँदा वैदेशिक रोजगारीको आकर्षण बढेको छ।
वैदेशिक रोजगारको कानुनी र संस्थागत पक्ष
- वैदेशिक रोजगार ऐन: वैदेशिक रोजगार ऐन २०४२ बाट सुरुआत भएर वैदेशिक रोजगारी औपचारिक रूपमा सुरुआत भयो।
- निमिस प्रणालीस् वैदेशिक रोजगारी व्यवस्थित गर्न सरकारले सूचना प्रविधिमा आधारित वैदेशिक रोजगारी प्रणाली विकास गर्दैछ।
- अहिलेसम्म ५६ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिइसकेका छन्।
अर्थतन्त्रमा योगदान
- रेमिट्यान्स: वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सले देशको कुल गार्हस्थ उत्पादनमा २२.५% योगदान गरेको छ।
- राजस्वमा सहयोग: ३०% राजस्व विदेशी रोजगारबाट आर्जित पैसाबाट आउने गरेको छ।
नकारात्मक असरहरू
- कृषि र उद्योगमा जनशक्तिको अभावस् युवाहरू विदेशिएकाले गाउँमा खेत बाँझो र उद्योगमा कामदारको अभाव छ।
- सामाजिक समस्याहरूस् विदेशिएको कारण परिवारमा विघटन, बालबालिकाको अभिभावकीय अभाव, सामाजिक संस्कारमा समस्या।
वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरू
- ठगी र मानव बेचबिखन: म्यानपावर एजेन्सीहरूले झुठा प्रलोभन देखाएर ठगी गर्ने।
- कागजपत्रको अभाव: आवश्यक कागजात बिना विदेश गएर जेल पर्नेसम्मको अवस्था।
- महिला श्रमिकको अवस्था: महिलाहरूलाई मानसिक, शारीरिक यातना दिने तथा ठगिने समस्या।
- मृत्यु र आत्महत्या: हरेक दिन औसतमा ३ जना नेपाली श्रमिकको विदेशमा मृत्यु हुने तथ्यांक।
- बिमा ठगी: श्रमिकको मृत्यु भएमा बिमा रकम अरूले हडप्ने समस्या।
समाधानका उपायहरू
- कानुनी कडाइ वैदेशिक रोजगार ऐन २०६४ अनुसार ठगिहरूको विरुद्धमा जिल्ला प्रशासनलाई अधिकार।
- सुरक्षित रोजगार परामर्श युवाहरूलाई निःशुल्क कानुनी सेवा, सिप तालिम, वित्तीय साक्षरताको ज्ञान दिनुपर्ने।
- इजाजतप्राप्त एजेन्सी आधिकारिक इजाजतपत्र पाएका संस्था र व्यक्तिहरूबाट मात्रै रोजगारी प्रक्रिया गर्नुपर्ने।
नयाँ अवसरहरू
- जापान,साउदी, कतार, मलेसिया, कोरियामा रोजगारी अवसर : श्रम स्वीकृति खुला, EPS मार्फत कोरियामा रोजगारीका अवसर।
- अनलाइन आवेदन प्रणाली: श्रम स्वीकृति अनलाइनबाट सजिलै लिन सकिने व्यवस्था।